नियम ८
मूल नियमावलीको नियम १२ मा संशोधन
मूल नियमावलीको नियम १२ को उपनियम (२) पछि देहायको उपनियम (३)थपिएको छ ः–
“(३) उपनियम (१) बमोजिम एक वर्ष सम्म रिक्त भई पद खारेज भएको विवरण
नदिने पदाधिकारीलाई ऐनको दफा ६० को खण्ड (घ) बमोजिम पदिय दायित्व
जिम्मेवारीपूर्वक पूरा नगरेको मानी अख्तियारवालाले विभागीय सजाय गर्नेछ ।
तर श्रेणी विहीन निजामती कर्मचारीको हकमा मुख्य कार्य र सहायक कार्य गर्ने पद
छुट्याई सके पछि मात्र यो व्यवस्था लागू हुनेछ ।”